शिलङका सांसदको निधनपछि मेघालय विधानसभाको बजट सत्र स्थगित
शिलङका सांसदको निधनपछि मेघालय विधानसभाको बजट सत्र स्थगित


शिलङ, 20 फरवरी (हि.स.)। मेघालय विधानसभाको शुक्रवार निर्धारित बजट सत्रलाई शिलङका सांसद रिकी एजे सिङ्कोनको आकस्मिक निधन भएको कारणले स्थगित गर्ने व्यवस्था भइरहेको छ। मुख्यमन्त्री कोनराडके साङ्गमाले यस आशयको संकेत दिए।

मुख्यमन्त्रीले बताए, यस सम्बन्धमा उपमुख्यमन्त्री तथा संसदीय कार्य मन्त्री प्रेस्टोन टिनसोंगसिच विचार-विमर्श गरिएको छ। अन्तिम निर्णयको लागि विधानसभा अध्यक्षको अध्यक्षतामा कार्य सल्लाहकार समितिको बैठक शुक्रवार आयोजना गरिनेछ।

जानकारी अनुसार सिङ्कोन शिलङको बाहिरी क्षेत्रमा गए बिहिवार साँझ फुटबल खेल्दा अचानक लड़े। उनलाई तत्कालै एक निजी अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले बिहीवार राती लगभग 8:45 बजे उनलाई मृत घोषित गरिदिए।

मुख्यमन्त्रीले भने, बजट प्रस्तुति सहित विधानसभाको कारबाहीलाई स्थगित गर्नु दिवंगत सांसदलाई साँचो श्रद्धाञ्जली हुनेछ। उनले बताए, लगभग दुई सप्ताहपूर्व दिल्लीमा उनको सिंकगोनसित भेट भएको थियो जहाँ राज्यको विकासलाई लिएर उनीसित चर्चा भएको थियो।

साङ्गमाले सिङकोनको निधनलाई राज्यको लागि अपूरणीय क्षति बताउँदै अझ भने, उनले खासी तथा जयन्तिया हिल्सका मानिसहरूको सेवा समर्पण, दूरदृष्टि औ विनम्रता पूर्वक गरे। मुख्यमन्त्रीले दिवंगत सांसदको परिवारप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरे साथै उनका समर्थकहरू र सहयोगीहरूलाई यस कठिन समयमा शक्ति प्रदान गर्ने प्रार्थना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande