पुरूलियामा विस्फोटको घटनामाथि ममता सरकार भाजपाको लक्ष्यमा, एनआईए जाँचको माग
पुरूलियामा विस्फोटको घटनामाथि ममता सरकार भाजपाको लक्ष्यमा, एनआईए जाँचको माग


कोलकाता, 20 फरवरी (हि.स.)। भाजपाका वरिष्ठ नेता अमित मालवीयले गए बिहीवार अबेर राती सोशल मीडिया मञ्च ‘एक्स’-मा पोस्ट गरी पश्चिम बंगालमा कानून-व्यवस्थालाई लिएर राज्य सरकारमाथि चर्को हमला गरे। उनले आरोप लगाे, मुख्यमन्त्री ममता ब्यनर्जीको शासनमा “बम बनाउनु नै एकमात्र फल्दो-फुल्दो उद्योग भएको छ।”

मालवीयले भने, पुरुलियाको वार्ड नम्बर- 21 स्थित कपूर बगान क्षेत्रमा भएको भयानक विस्फोट र त्यसपछि लागेको आगोले क्षेत्रका मानिसहरू भयभित भएका छन्। स्थानीय सूत्रको माध्यमबाट उनले दाबी गरे, घटनास्थलमा अवैध रूपमा बम बनाउने काम भइरहेको थियो। यो दुर्घटनामा तीनजना मानिसहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

भाजपा नेताले भने, पुरूलियाका मानिसहरूले यस घटनामाथि जवाफ पाउनुपर्छ। उनले बताए, भाजपा सांसद ज्योतिर्मय सिंह महतोले सम्पूर्ण मामिलाको वास्तविकतालाई उजागार गर्नका लागि राष्ट्रिय जाँच एजेन्सी (एनआईए) मार्फत जाँच गराउने माग गरेका छन्।

अमित मालवीयले प्रश्न उठाए, के यसपालि पनि गृह विभाग सम्हालिरहेकी मुख्यमन्त्री ममता ब्यनर्जीले “तकनिकी बहाना”-कको आड़मा वास्तविकतादेखि बच्ने चेष्टा गर्नेछन्? उनले बल दिएर भने, सार्वजनिक सुरक्षासित कुनै पनि प्रकारले सम्झौता गर्न सकिँदैन र यस विस्फोटको लागि जिम्मेवार मानिसहरूलाई चिन्हित गरी कड़ा सजाय दिइनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande