
कोलकाता, 20 फरवरी (हि.स.)। अखिल भारतीय वनवासी कल्याण आश्रमसित सम्बद्ध पूर्वाञ्चल कल्याण आश्रमद्वारा आगामी आइतवार, 22 फरवरीको प्रातः 10:30 बजे कला मन्दिर प्रेक्षागृहमा 43औं वार्षिकोत्सव आयोजना गरिनेछ। यो आयोजनलाई कोलकाता अनि हावड़ा महानगर एकाईको तत्वावधानमा सम्पन्न गरिनेछ।
आश्रम पछिल्लो 73 वर्ष (1952-2025) देखिकै जनजाति (वनवासी) समाजको शिक्षा, चिकित्सा, स्वावलम्बन औ श्रद्धा जागरणको माध्यमबाट सर्वाङ्गीण विकासको लागि कार्यरत छ। संस्थाको उद्देश्य जनजाति समाजलाई राष्ट्रको मुख्य विकास धारासित जोड़्नु अनि सामाजिक सशक्तिकरणलाई प्रोत्साहित गर्नु हो।
कार्यक्रमको अध्यक्षता प्रख्यात उद्योगपति एवं हरियाणा इन्टरनेशनल स्कूलका चेयरम्यान प्रमोद गुप्ताले गर्नेछन् भने मुख्य अतिथिका रूपमा विश्व हिन्दू परिषदका केन्द्रिय कोषाध्यक्ष एवं सुप्रसिद्ध नेत्र चिकित्सक डा. श्याम अग्रवाल उपस्थित रहनेछन्। यसरी नै मुख्य वक्ताका रूपमा सुप्रसिद्ध फिल्म निर्देशक, लेखक एवं अभिनेता डा. चन्द्रप्रकाश द्विवेदी (चाणक्य) ले आफ्नो विचार व्यक्त गर्नेछन्।
कार्यक्रमको द्वितीय सत्रमा खाटु नरेश बाबा श्यामको कथामाथि आधारित सांस्कृतिक प्रस्तुति “हारे का सहारा-बर्बरीक श्याम हमारा” मञ्चन गरिनेछ। यस सांस्कृतिक कार्यक्रमको निर्देशन सुप्रसिद्ध सांस्कृतिक संस्था ‘मधुर्या’ की पुष्पा अग्रवालद्वारा गरिनेछ।
आयोजकहरूले नागरिकहरूसित कार्यक्रममा अधिकभन्दा अधिक संख्यामा उपस्थित भएर जनजाति समाजको उत्थानको लागि भइरहेका प्रयासहरूलाई प्रोत्साहित गर्ने अपील गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा