केन्द्रिय गृहमन्त्री अमित शाह दुई दिवसीय असम भ्रमणमा आउने
केन्द्रिय गृहमन्त्री अमित शाह दुई दिवसीय असम भ्रमणमा आउने


गुवाहाटी, 20 फरवरी (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह आज दुई दिवसीय दौड़ाहमा असम आइरहेका छन्। आफ्नो भ्रमणा अवधि गृहमन्त्रीले राज्यका विभिन्न आधिकारिक कार्यक्रमहरूमा भाग लिनेछन् भने सुरक्षा अनि विकास सम्बन्धि परियोजनाहरूको समीक्षा पनि गर्नेछन्।

असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आफ्नो सोशल मीडिया एकाउन्टको माध्यमबाट बताएका छन्, आफ्नो दौड़ाहको क्रमा गृहमन्त्रीले कछार जिल्लाको भारत-बंगलादेश सीमामा अवस्थित नाथानपुर सीमा चौकीको निरीक्षण गर्नेछन्। नाथानपुरमा उनले भाइब्रेन्ट भिलेज कार्यक्रममा पनि भाग लिनेछन् जसको उद्देश्य सीमावर्ती क्षेत्रहरूको आधारभूत संरचना अनि विकासलाई सुदृढ़ बनाउनु हो।

शनिवार शाह गुवाहाटीको सरुसजाईमा आयोजना हुने केन्द्रिय रिजर्भ पुलिस बलको स्थापना दिवस समारोहमा सामेल हुनेछन्। यस अतिरिक्त उनले सोनापुरको कचुतली क्षेत्रको पनि दौड़ाह गर्नेछन्।

केन्द्रिय गृहमन्त्रीले असम पुलिसको 10औं बटालियनको मुख्यालयको शिलान्यास पनि गर्नेछन् जसलाई राज्यको सुरक्षा व्यवस्था अझ मजबुत बनाउने दिशामा एक महत्वपूर्ण कदम मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande