
नयाँ दिल्ली, 20 फ़रवरी (हि.स.)। उत्तम नगर इस्ट मेट्रो स्टेशनमा शुक्रवार बिहान एकजना बाह्रौं कक्षाको छात्रले मेट्रो ट्रेन अगाड़ि हाम फालेर ज्यान दियो। मृतकको पहिचान नजफगढ़ निवासी 17 वर्षीय अश्विनी डागरको रूपमा भएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिसले अश्विनीको परिवारसित जाँचबुझ गरी आत्महत्या गर्नुको कारण बारे जानकारी हासिल गरिरहेको छ।
मेट्रो पुलिस उपायुक्त कुशल पाल सिंहले बताए, शुक्रवार बिहान 11.07 बजे उत्तम नगर इस्ट मेट्रो स्टेशनको कन्ट्रोलरको माध्यमबाट पुलिसलाई एकजना युवकले मेट्रो सामु हाम फालेको जानकारी प्राप्त भयो। घटनास्थलमा पुग्दा पुलिसलाई थाहा लाग्यो, युवकले द्वारका तिरबाट आइरहेको ट्रेनको प्लेटफर्ममा पु्ग्नसाथ त्यसको अगाड़ि ट्र्याकमा हाम फाल्यो।
ट्रेनले उसलाई कुच्चायो। पुलिसले शवलाई ट्र्याकबाट निकालेर पोस्टमर्ट्म गर्नको लागि पठाइदियो। जाँचमा थाहा लाग्यो, 12औं कक्षामा पढ़्ने अश्विनीले उत्तम नगरको सक्सेस कोचिंग सेन्टरमा कोचिंग लिरहेका थिए। उसको पिता डीटीसी बस चालक हो। उ परिवारको एकमात्र छोरा थियो। पुलिसले परिवारका सदस्यहरूसित जाँचबुझ गरी मामिलाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा