स्वास्थ्य कर्मीहरूको चयन प्रक्रिया सम्पन्नः डा. सुदीप्त राय
स्वास्थ्य कर्मीहरूको चयन प्रक्रिया सम्पन्नः डा. सुदीप्त राय


कोलकाता, 20 फरवरी (हि.स.)। श्रीरामपुरका विधायक औ पश्चिम बंगाल स्वास्थ्य भर्ती बोर्डका चेयरम्यान डा. सुदीप्तो रायले गए बिहीवार अबेर राती सोशल मीडियामा पोस्ट गरी राज्यमा स्वास्थ्य कर्मीहरूको भर्ती प्रक्रिया पूरा भएको जानकारी दिए। उनले बताए, कम्प्यूटर आधारित परीक्षा (सीबीटी)-को माध्यमबाट 7,423 चयनित उम्मेद्वारहरूको प्यानल सूची प्रकाशित गरिएको छ। यो सम्पूर्ण भर्ती प्रक्रिया मात्र 6 महिनामा सम्पन्न भएको छ।

डा. राय अनुसार बितेका केही महिनाहरूमा जारी पदहरूको प्यानल सूचीमा जनरल ड्यूटी मेडिकल अफिसर (जीडीएमओ) -को 1,132 पद, असिस्टेन्ट प्रोफेसरको 416 पद औ स्टाफ नर्स ग्रेड-2 (बीएससी)- को 2,611 पद सामेल छन्। यस अतिरिक्त जीएनएम नर्सिंगमा 3,264 उम्मेद्वारहरूलाई चन गरिएको छ जसमा 2,831 महिला र 433 पुरुष सामेल छन्। उनले अझ बताए, फार्मासिस्टको 350 पद र मेडिकल टेक्नोलजिस्टको 807 पदमा भर्ती प्रक्रियालाई आगामी बुधवारसम्ममा पूरा गरिनेछ।

डा. सुदीप्तो रायले सबै सफल उम्मेद्वारहरूलाई बधाई दिँदैै उनीहरूको उज्जवल भविष्यको कामना गरे। उनले आशा व्यक्त गरे, चयनित उम्मेद्वारहरूको निष्ठा, परिश्रम अनि समर्पणबाट पश्चिम बंगालको स्वास्थ्य सेवा प्रणाली अझ सुदृढ़ हुनेछ। उनले यो पनि भने, यो प्रगति राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीको सक्षम नेतृत्वमा सम्भव भएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande