ब्राउन शुगरसहित एक अभ्यस्त लागूऔषध तस्कर पक्राउ
ब्राउन शुगरसहित एक अभ्यस्त लागूऔषध तस्कर पक्राउ


गान्तोक, 20 फरवरी (हि.स.)। दक्षिण सिक्किमको तिमी पुलिसले एक अभ्यस्त लागूऔषध तस्कर निङ्मा शेर्पालाई संदिग्ध ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। 40 वर्षीय आरोपी हालैमा एक एनडीपीएस मुद्दामा जमानतमा छुटेको थिए।

पुलिस रिपोर्टका अनुसार, विश्वसनीय सूचनाको आधारमा पुलिसले निङ्मा शेर्पालाई नाम्ची जिल्ला अन्तर्गत आदर्श गाउॅं क्षेत्रबाट ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। अभ्यस्त लागूऔषध तस्कर शेर्पालाई हालैमा सिङताममा एनडीपीएस मुद्दामा पक्राउ गरिएको थियो र उनी अहिले जमानतमा थिए।

उनी विरुद्ध विगतमा सिङताम पुलिस थाना र तिमी पुलिस थानामा विभिन्न एनडीपीएस मामिलाहरू दर्ता भएको जानकारी गराइएको छ। आरोपी विरुद्ध तिमी थानामा एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ। यो अभियान नाम्ची जिल्लाको लागूऔषधको खतरा नियन्त्रण गर्न जारी प्रयासको एक महत्वपूर्ण हिस्सा रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande