
कोलकाता, 20 फरवरी (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले शुक्रवार सोशल मीडिया मञ्च एमाक्स एक शोक सन्देश जारी गरी बंगालका प्रसिद्ध साहित्यकार मणि शंकर मुखर्जी (शंकर) -को निधनमा गहिरो संवेदना व्यक्त गरिन्। उनले भनिन्, उनको निधनबाट बंगला साहित्य ज गतले आफ्नो एकजना उज्जवल नक्षत्रलाई गुमाएको छ।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनिन्, ‘चौरंगी’-देखि लिएर ‘कतो अजानारे’, ‘सीमाबद्ध’, ‘जनअरण्य’ जस्ता उनका कालजयी रचनाहरूले पुस्तौसम्म बंगाली पाठकहरूलाई आकर्षित अनि प्रेरित गरेका छन्। उनका लेखनीमा आम मानिसहरूको जीवन संघर्षका लुकेका पीड़ाहरू तथा यथार्थलाई सजीव रूपमा उतारिएको पाइन्छ।
ममता ब्यनर्जीले भनिन्, स्वामी विवेकानन्दलाई लिएर शंकरको गहन शोध तथा उनीद्वारा लेखिएका पुस्तकहरू समाज अनि साहित्यको लागि अमूल्य धरोहर हुन्। उनले यसलाई बंगालको सांस्कृतिक जगतको लागि एक अपूरणीय क्षति बताइन्।
मुख्यमन्त्रीले शोक सन्तप्त परिवारजन तथा उनका असंख्य पाठकहरू एवं प्रशंसकहरूप्रति आफ्नो हार्दिक संवेदना व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा