धुले जिल्लाको शिरपुरमा आमाले आफ्ना दुई सन्तानलाई विष दिएर आफूले गरी आत्महत्या
धुले जिल्लाको शिरपुरमा आमाले आफ्ना दुई सन्तानलाई विष दिएर आफूले गरी आत्महत्या


मुम्बई, 20 फरवरी (हि.स.)। महाराष्ट्रको धुले जिल्लामा शिरपुर खण्ड अन्तर्गत अम्बे गाउँमा गए राती एकजना 30 वर्षीय महिलाले आफ्ना दुई नानीहरूलाई विष खुवाएर आफूले चाहिं आत्महत्या गरी। यस घटनामा आमा भारती सञ्जय पवार (30) र अबोध चिराग सञ्जय पवार (3)-को मृत्यु भयो भने रियांश सञ्जय पवार (5)-को अवस्था गम्भीर छ जसलाई उन्नत उपचारको निम्ति जिल्ला अस्पतालमा पठाइएको छ।

यस घटनाको जाँच गरिरहेका शिरपुर खण्ड पुलिस अधिकारीले शुक्रवार बताए, सञ्जय सामल पवार आफ्नी पत्नी र दुई सन्तानसित शिरपुर खण्डको अम्बे गाउँमा बस्दै आएका थिए। गए बिहीवार अबेर राती कामबाट फर्केका सञ्जयले घरमा आफ्नी पत्नी र नानीहरूलाई अचेत अवस्थामा पाए। विषको तीव्र गन्ध आइरहेकोले उसले सबैलाई अचेत अवस्थामै निकटवर्ती उपजिल्ला अस्पतालमा पुऱ्याए। तर डाक्टरहरूले तिनकी पत्नी भारती र छोरा चिरागलाई मृत घोषित गरिदिए। प्राथमिक उपचारपछि रियाशलाई जिल्ला अस्पतालमा पठाइदिएको छ। घटनाको अनुसन्धान भइरहेको छ। अहिलेसम्म आत्महत्याको कारण पत्तो लाग्न सकेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande