
गान्तोक, 20 फरवरी (हि.स.)। नाम्ची जिल्ला अन्तर्गत याङगाङ पुलिस थाना क्षेत्रमा एउटी दिव्याङ्ग महिलामाथि दुष्कर्म भएको घटना प्रकाशमा आएको छ। पुलिसले यस घटनाको सम्बन्धमा आरोपी व्यक्तिलाई पक्राउ गरेको छ।
पुलिस रिपोर्टका अनुसार, 17 फरवरीका दिन दिव्याङ्गलाई घरमा एक्लै देखेपछि सोही गाउॅंका एक 41 वर्षीय आरोपीले दुष्कर्म गरेको आरोप छ। घटनाको समय घरकी अभिभावक काम विषय लिएर बाहिर गएकी थिइन्। उनी फर्केर आउॅंदा पीडित महिलाको कोठा भित्रबाट बन्द गरेको पाइन्। उनले दैलो ढकढक्याउॅंदा पनि दैलो नखोलेपछि खिडकीबाट चियाउॅंदा आरोपीले जबरजस्ती गरिरहेको देखिन्।
यो दृश्य देखेपछि महिला आरोपीलाई कराउन थालिन्। यसपछि, आरोपी त्यहॉंबाट भागे। यस घटनाको सम्बन्धमा 19 फरवरीका दिन आरोपी विरुद्ध थानामा लिखित एफआईआर दर्ता गरिएको छ। पुलिसले शिकायतको आधारमा आरोपीलाई पक्राउ गरेको छ।
आरोपी व्यक्ति विरुद्ध भारतीय न्याय संहिता, 2023 को धारा 64(2)(के) अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल