
गान्तोक, 20 फरवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज डुगामा स्वर्गीय रन्जित कुमार प्रधान (सेवानिवृत्त एडीजीपी) को घर पुगेर शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे। उक्त जानकारी आज मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्रीले भने, 'राज्यप्रतिको समर्पित सेवा र समाजप्रतिको उहॉंको अमूल्य योगदानलाई सम्झँदै मैले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरे र प्रार्थना गरे।'
मुख्यमन्त्रीले दिवंगतको आत्माले अनन्त शान्ति प्राप्त गरुन् भन्दै शोकसन्तप्त परिवारलाई सर्वशक्तिमानले शक्ति, साहस र सान्तवना प्रदान गरून् भनी प्रार्थना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल