
गुवाहाटी, 21 फरवरी (हि.स.)। असम प्रदेश कंग्रेस कमिटीका पूर्व अध्यक्ष भूपेन कुमार बोराले गए शुक्रवार राती भारतीय जनता पार्टी (भाजपा)-मा सामेल हुनपूर्व भने, “32 वर्ष र 32 घण्टाबीचको भिन्नता स्पष्ट रूपमा देखिंदैछ।” उनले भाजपाका वरिष्ठ नेताहरूप्रति आभार व्यक्त गर्दै यसलाई आफ्नो राजनीतिक जीवनको नयाँ दिशा बताए।
भाजपामा औपचारिक रूपमा सामेल हुनअघि जारी बयानमा बोराले केन्द्रिय गृहमन्त्री अमित शाहसित गए शुक्रवार राती लगभग 45 मिनटसम्म भएको भेटघाटको लागि धन्यवाद दिए। साथ उनले असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई उनको आवासमा आएकोमा आभार व्यक्त गरे।
बोराले भने, “32 साल बनाम 32 घण्टा — फरक स्पष्ट देखिँदैछ। परिवर्तनले स्पष्टता ल्याउँछ।” उनले यो पनि भने, अमित शाहलाई लिएर उनको धारणा अब परिवर्तन भएको छ। शाह असम तथा यहाँका मानिसहरूप्रति अत्यन्त संवेदनशील र चिन्तित छन्।
राजनीतिक विश्लेषकहरू अनुसार बोरा भाजपामा सामेल भएको घटनालाई असमको राजनीतिमा एक महत्वपूर्ण घटनाक्रम मानिँदैछ जसबाट राज्यमा दलहरूको समीकरणमाथि प्रभाव पर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा