
नयाँ दिल्ली, 21 फ़रवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाको नेतृत्वमा शनिवार पार्टी कार्यकर्ताहरूले कंग्रेस मुख्यालय बाहिर विरोध प्रदर्शन गरे। यो प्रदर्शन भारत मण्डपममा आयोजित एआई शिखर सम्मेलन अवधि युवा कंग्रेसद्वारा गरिएको विरोधको प्रतिवादमा गरिँदैछ।
भाजपा नेताहरू, सांसदहरू तथा कार्यकर्ताहरूले आरोप लगाे, अन्तर्राष्ट्रिय स्तरको यस कार्यक्रममा विरोध प्रदर्शन गरेर युवा कंग्रेसले देशको छवि धमिल्याउने प्रयास गऱ्यो। भाजपा कार्यकर्ताहरूले कंग्रेसविरूद्ध कारबाही गर्ने माग समेत गरे।
प्रदर्शन अवधि दिल्ली भाजपा प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले भने, राहुल गान्धी यस्तो निम्न स्तरमा झरेका छन् कि प्रधानमन्त्रीको विरोध गर्दा-गर्दै अब देशको पनि विरोध गर्न थालेका छन्। एआई शिखर सम्मेलन कुनै राजनीतिक कार्यक्रम थिएन जबकि यो एक अन्तर्राष्ट्रिय स्तरको आयोजन थियो जसमा सारा दुनियाँले भारतको एआई शक्तिलाई हेरिरहेको थियो।
दिल्ली भाजपा अध्यक्षले भने, यस्ता आयोजनहरूबाट भारतको तकनिकी तथा नवाचार क्षमता वैश्विक मञ्चमा थप सशक्त हुन्छ भने यस किसिमको विरोध प्रदर्शनले देशको छविलाई नोक्सान पुऱ्याउने प्रयास दुर्भाग्यपूर्ण छ।
भाजपा सांसद मनोज तिवारीले भने, देशका जनताले कंग्रेसको यस्तो कृत्यको लागि क्षमा गर्नेवाला छैन। सारा विश्वले भारतको एआई क्षमतालाई सलाम गरिरहेको अवस्थामा सम्मेलनलाई बदनाम गर्ने चेष्टा देशद्रोह समान हो।
मनाेज तिवारीले भने, एआई शिखर सम्मेलनमा 80 वटाभन्दा अधिक देशका मानिसहरू आए र सबैले भारतको खुल्ला हृदयले सराहना गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा