सुभाष नगर मेट्रो रेड लाइट निकट दुर्घटना, स्कुटी सवार युवकको मृत्यु
सुभाष नगर मेट्रो रेड लाइट निकट दुर्घटना, स्कुटी सवार युवकको मृत्यु


नयाँ दिल्ली, 21 फरवरी (हि.स.)। पश्चिमी दिल्लीको तिलक नगर थाना क्षेत्रमा शनिवार सबेरै भएको एक पीड़ादायी सड़क दुर्घटनामा 25 वर्षीय युवकले ज्यान गुमायो। घटना सुभाष नगर मेट्रो रेड लाइट नजिक नजफगढ़ रोडमा राजौरी गार्डन तर्फ जाने लेनमा भएको हो।

पुलिस अनुसार सबेरै 3:26 बजे दुर्घटनामा एकजना युवक घाइते भएको सूचना पीसीआर कलको माध्य्मबाट तिलक नगर थाना पुलिसलाई प्राप्त भयो। सूचना पाए लगत्तै पुलिसको टीम घटनास्थलमा पुग्यो। घटनास्थलमा दुवै वाहन क्षतिग्रस्त अवस्थामा थिए। दुर्घटनामा घाइते युवक रघुबीर नगर निवासी हेम शंकर (25)-लाई पुलिसले तुरून्तै दीन दयाल उपाध्याय अस्पतालमा लग्यो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। स्कुटी सवार हेम शंकर एक निजी डिलीभरी कम्पनीमा कार्यरत् थिए।

पुलिस अधिकारी अनुसार प्रारम्भिक जाँचमा थाहा लागे अनुसार पछिबाट आइरहेको वर्ना कारले ई-स्कुटीलाई ठक्कर दियो। यस भयानक ठक्करले युवक गम्भीर रूपमा घाइते भयो। पुलिसले घटनास्थलबाट कार चालक मोहित कुमार (27)-लाई समात्यो जो नजफगढ़ निवासी तथा एमसीडीमा ठेकेदार हुन्। दुर्घटनामा सामेल कारलाई जफत गरिएको छ। मामिलामा सम्बन्धित धाराहरू अन्तर्गत प्राथमिकी दर्ता गरिएको छ साथै अग्रिम कानूनी कारबाही गरिँदैछ। पुलिसले यो पनि जाँच गरिरहेको छ, दुर्घटना हुँदा वाहनको गति कति थियो र चालक मातेको थियो कि थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande