
इम्फाल पूर्व, 21 फरवरी (हि.स.)। मणिपुरको इम्फाल पूर्व जिल्लाको पोरमपत थाना अन्तर्गत चिंगखेई चिंगको पहाड़ी क्षेत्रमा गए शुक्रवार साँझ सुरक्षा बलहरूद्वारा संचालित खोजी अभियानमा भारी मात्रामा हतियार र विस्फोटक जफत गरियो।
पुलिस प्रवक्ताले शनिवार बताए, सुरक्षा बलहरूले अभियानको क्रममा एउटा .303 राइफल म्यागजिन सहित, एउटा .22 राइफल तथा एउटा 9 एमएम एसएमजी कार्बाइन म्यागजिन सहित फेला पारे। यस अतिरिक्त दुई वटा नम्बर-36 ह्याण्ड ग्रेेनेड, एउटा इम्प्रोभाइज्ड बम तथा एउटा डब्ल्यूपी नम्बर-80 एमके-1 ग्रेनेड पनि जफत गरियो।
अभियानमा विभिन्न क्यालिबरको 57 जिउँदो कारतूस पनि जफत गरियो साथै तीन वटा लेथोड शेल, दुई वटा एसएलआर खाली कारतूस, चार वटा इंसास म्यागजिन, एउटा एसएलआर म्यागजिन, एउटा पिस्तोल म्यागजिन, दुई वटा ट्यूब लन्चर औ दुई वटा .303 चार्जर क्लिप जफत गरियो। जफत गरिएका सबै हतियार अनि विस्फोटकहरूलाई सुरक्षा बलहरूले आफ्नो कब्जामा लिएको छ। मामिलाको अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा