माजुली गइरहेको बस दुदर्घटनाग्रस्त एघारजना घाइते
माजुली गइरहेको बस दुदर्घटनाग्रस्त एघारजना घाइते


नगाउँ (असम), 21 फरवरी (हि.स.)। नगाउँ जिल्लाको दिल्ली पब्लिक स्कूल सामु द्रूत गतिको यात्रु बस अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो। यस घटनामाा एघार जना यात्रीहरू घाइते भए।

पुलिसले बतायो, शनिवार जालुकबारीको गोपाल थानादेखि माजुली तर्फ गइरहेको यात्रु बस नगाउँस्थित दिल्ली पब्लिक स्कूल अगाड़ि अनियन्त्रित भेर सड़क किनारको रूखसित ठोक्कियो। यस दुर्घटनामा बसमा सवार एघार जना यात्रीहरू घाइते भए।

घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले स्थानीय मानिसहरूको सहयोगले सबै घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरायो। पुलिसले यस घटनाको सिलसिलामा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande