पिस्तोल अनि तरवारसितै युवक पक्राउ
पिस्तोल अनि तरवारसितै युवक पक्राउ


शोणितपुर (असम), 21 फरवरी (हि.स.)। शोणितपुर जिल्ला मुख्यालयको तेजपुर पुलिसद्वारा बितेको शुक्रवार अबेर राती गुप्त सूचनाको आधारमा एकजना युवकलाई पक्राउ गरिएको छ। आरोपीको भाड़ाको घरबाट पिस्तोल र धारिलो हतियार जफत गरियो।

पुलिसले शनिवार बतायो, गोप्य जानकारीको आधारमा कारबाही गर्द तेजपुर पुलिसले छापा माऱ्यो अनि तेजपुर पाँच माइल क्षेत्रको समदोरा निवासी इब्राहिम अली (29) -लाई पक्राउ गऱ्यो। आरोपीलाई तेजपुर पुलिस स्टेशनको अधिकार क्षेत्रस्थित उसको भाड़ाको घरमा खानतलासी गरिएपछि पक्राउ गरिएको हो।

खानतलासीमा पुलिसले फ्याक्ट्री निर्मित .22 पिस्तोलसितै पाँच राउण्ड जिउँदो कारतूस जफत गऱ्यो। यस अतिरिक्त घरबाट एउटा तरवार र खुकुकी पनि जफत गरिएको छ।

अधिकारीहरूले स्पष्ट पारे, हतियारहरूलाई प्रमाणको रूपमा जफत गरिएको हो। आरोपीविरूद्ध कानूनी कारबाही शुरूर गरिएको छ। हतियारहरूको बारेमा पत्तो लगाउनको लागि आरोपीको कुन क्रिमिनल नेटवर्कसित लिंक छ कि छैन, जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande