कुचबिहारमा 46 जना पुलिस अधिकारीहरूको स्थानान्तरण
कुचबिहारमा 46 जना पुलिस अधिकारीहरूको स्थानान्तरण


कुचबिहार, 21 फरवरी (नि.सं)। विधानसभा चुनाउ -2026 पूर्व कुचबिहार जिल्ला पुलिसमा व्यापक फेरबदल गरिएको छ। जिल्लाका पाँच वटा महत्वपूर्ण पुलिस थानाहरूका प्रभारीहरू सहित 46 जना पुलिस अधिकारीहरूलाई स्थानान्तरण गरिएको छ। जिल्ला पुलिस अधीक्षक सन्दीप कर्राले बताए, चुनाउपूर्व आयोगको गाइडलाइन तथा नियमहरू अनुसार यो रूटिन ट्रान्सफर गरिएको हो।

पुलिस सूत्र मुताविक,साहेबगंज पुलिस थानाका प्रभारी अजित कुमार साहलाई बक्सिरहाट पठाइएको छ भने उनको स्थानमा नकुल राय साहेबगञ्जको चार्ज सम्हाल्नेछन्। यसरी नै घोक्साडांगा पुलिस थानाका प्रभारी विश्वजीत मल्लिकलाई कुचलीबाड़ी पुलिस थानाको चार्ज दिइएको छ भने कुचलीबाड़ीका प्रभारी अशरफ आलमलाई घोक्साडांगा स्थानान्तरण गरिएको छ।

दिनहाटा महिला पुलिस थानाकी प्रभारी सुनीति सुब्बालाई हल्दीबाड़ी पुलिस थानामा ट्रान्सफर गरिएको छ भने माथाभांगाकी रोहिता लामाले उनको स्थानमा चार्ज सम्हाल्नेछन्। अजय रायले निशिगञ्ज चौकीको चार्ज सम्हाल्नेछन्। यस अतिरिक्त कोतवाली थानाका चित्ता पाललाई जिल्ला कन्ट्रोल रूम प्रभारीको जिम्मेवारी सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande