
कोलकाता, 21 फरवरी (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउ्घि मुर्शिदाबाद जिल्लामा फेरि नयाँ राजनीतिक बहस शुरू भएको छ। तृणमूल कंग्रेस (टीएमसी)-का एकजना नेताद्वारा निलम्बित पार्टी नेता हुमायुँ कबीरको पहलमा बेलडांगामा प्रस्तावित ‘बाबरी मस्जिद’ निर्माण गर्नका लागि आर्थिक सहयोग प्रदान गरिएपछि राजनीतिक जगतमा कोकोहोलो मचिएको छ।
नोवादा ब्लकका तृणमूल कंग्रेस अध्यक्ष औ मुर्शिदाबाद जिल्ला परिषदका शिक्षा कर्माध्यक्ष सफिउज्जामान शेखले रमजानको पहिलो दिन प्रस्तावित मस्जिद निर्माणका लागि 1.11 लाख रुपियाँको चेक प्रदान गरे। यो राशि “वेस्ट बंगाल इस्लामिक फाउण्डेशन अफ इण्डिया” अन्तर्गत मस्जिद ट्रस्टको नाममा जारी गरियो।
यस घटनाक्रमले राजनीतिक चर्चालाई अझ तीव्रता दिएको छ विशेष गरी यस्तो सममा जतिबेला हुमायुँ कबीर अहिलेघरि आफ्नो राजनीतिक गतिविधिको कारणले चर्चामा छन्। भनिन्छ, उनले माकपा नेताहरूसित भेट गरेका थिए अनि आईएसएफ विधायक नौशाद सिद्दीकीसित पनि बातचित गरेका थिए। यस अतिरिक्त उनले वरिष्ठ कंग्रेस नेता अधीर रञ्जन चौधरीप्रति व्यक्तिगत समर्थन जताएका थिए।
लगभग एक सप्ताहअघि तृणमूल विधायक तथा मुर्शिदाबाद जिल्ला अध्यक्ष नियामत शेखले पनि प्रस्तावित मस्जिदको समर्थनमा बयान दिएका थिए। अब सफिउज्जामान शेखद्वारा प्रत्यक्ष आर्थिक सहायता दिइएकोलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिँदैछ। भर्खरै सम्पन्न एक ब्लक स्तरीय बैठकमा उनले भनेका थिए, “हामी मस्जिद बनाउनेछौं। मुर्शिदाबाद जिल्लाका मानिसहरूले यसलाई बनाउनेछन्।”
हुमायुँ कबीरलाई पार्टी विरोधी बयान दिएपछि तृणमूल कंग्रेसले निलम्बन गरिदिएको थियो। त्यसताक वरिष्ठ तृणमूल नेता फिरहाद हकीमले भनेका थिए, ‘बाबरी मस्जिद’ निर्माण जस्तो मुद्दालाई उठाउनाले विवाद फेरि उत्पन्न हुनसक्छ र समाजमा धार्मिक ध्रुवीकरम बढ़्नसक्छ जसलाई पार्टीले समर्थन गर्दैन।
यसबीच एकजना स्थानीय भाजपा नेताले दाबी गरे, प्रस्तावित ‘बाबरी मस्जिद’- को विचार तृणमूल कंग्रेसकै सोचको परिणाम हो र यसलाई सामान्य राजनीतिक प्रक्रियाको एक भाग बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा