
गाँदरबल, 21 फरवरी (हि.स.)। जम्मू-कश्मीरको गाँदरबल जिल्लामा शनिवार सुरक्षा बलहरूले एउटा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी)-को पत्तो लगायो जसबाट सम्भावित ठूलो दुर्घटना हुनदेखि बच्यो।
अधिकारीहरू अनुसार आईईडीलाई एउटा ब्यागमा राखेर जिल्लाको सफापोरा क्षेत्रस्थित कोहेस्तान कलोनी निकट गुलाब शेख मोहल्लामा सड़क किनारमा राखिएको थियो। नियमित जाँच अभियान अवधि सुरक्षा बलहरूले संदिग्ध ब्यागलाई देखेपछि तत्कालै सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरे।
घटनाको सूचना पाए लगत्तै बम निरोधक दललाई घटनास्थलमा बोलाइ। टीमले उक्त आईईडीलाई निष्क्रिय बनाउने प्रक्रिया शुरू गरेको छ। सतर्कतास्वरूप वरपरका क्षेत्रहरूमा आवागमनमाथि अस्थायी रोक लगाइएको छ।
अधिकारीहरूले बताए, मामिलाको जाँच जारी छ र आईईडी राख्नु पछाड़िको षड़यन्त्रको पत्तो लगाउनको लागि सुरक्षा एजेन्सीहरू जुटिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा