कर्नाटकमा ट्र्याक्टर पल्टिँदा महाराष्ट्रका दुई वर्षीय बालकसहित चार जनाको मृत्यु
Accident


बागलकोट, 21 फरवरी (हि.स.)। कर्नाटकको बागलकोट जिल्लाको जमखण्डी तालुकाको कट्टे केरे नजिकै शनिबार बिहान भएको दुर्घटनामा दुई वर्षीय बालकसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् र उनीहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

जानकारीका अनुसार, उखु काट्न कामदारहरू बोकेको ट्रयाक्टर-ट्रली अचानक अलग्गिएर पल्टियो, जसले गर्दा दुर्घटना भयो। दुर्घटना बिहान २ बजीतिर भएको बताइएको छ।

मृतकहरूको पहिचान मनीष पाण्डे (२३), हल्की पाण्डे (२), लक्ष्मी चिरमडी (२७) र रेखा भुकेको रूपमा भएको छ। सबै महाराष्ट्रको यवतमाल जिल्लाको बुसा तालुकको गुपवाडी गाउँका बासिन्दा थिए। उनीहरू उखु काट्न जमखण्डी क्षेत्रमा आएका थिए।

घटनाको जानकारी पाएपछि जमखण्डी पुलिस घटनास्थलमा पुगेर निरीक्षण गरेको छ। पुलिसले मुद्दा दर्ता गरी थप जॉंच शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande