
-इण्डियन युवा कंग्रेस कार्यकर्ताहरूको एआई समिटमा विरोध प्रदर्शनलाई मुख्यमन्त्रीले बताइन् लज्जास्पद
नयाँ दिल्ली, 21 फरवरी (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले शनिवार दिल्ली सचिवालयबाट ‘सीएम जनसुनवाई पोर्टल एवं मोबाइल एप’, ‘ई-डिस्ट्रिक्ट पोर्टल’- लाई कमन सर्भिस केन्द्र (सीएससी)-हरूसित जोड़्ने औ नयाँ ईडब्ल्यूएस/ डीजी/ सीडब्ल्यूएसएन पोर्टल’- को शुभारम्भ गरिन्। उनले भनिन्, पहिलो पटक दिल्लीमा हामीले जुनसुवाईको माध्यमबाट सरकारको द्वारलाई जनताको लागि खोल्यौं। अब जनसुनवाईलाई डिजीटल बनाएर यसलाई अझ् बढ़ी सरल, पारदर्शी तथा प्रभावकारी बनाइँदैछ। यस अवसरमा क्याबिनेट मन्त्री आशिष सूद, डा. पंकज कुमार सिंह सहित अन्य अधिकारीगण उपस्थित थिए।
मुख्यमन्त्रीले यहाँ पक्षकारहरूलाई सम्बोधन गर्दै भनिन्, अब हरेक दिल्लीवासीले आफ्नो मोबाइल वा पोर्टलको माध्यमबाट पानी, बिजुली, सड़क तथा सफाई जस्ता समस्याहरूको सिकायत सोझै दर्ता गर्न सक्नेछन्। उनले बनिन्, आय, निवास, जाति, विवाह, जन्म-मृत्यु प्रमाण पत्र औ राशन कार्ड सहित 75 सरकारी सेवाहरू अब दिल्लीका 7,000 कमन सर्भिस केन्द्रहरूमा घर नजिकै पाइनेछ।
मुख्यमन्त्रीले भनिन्, ‘आर्थिक रूपमा कमजोर वर्ग (ईडब्ल्यूएस)/वञ्चित समूह (डीजी)/ विशेष आवश्यकतामा रहेका बाल-बालिका (सीडब्ल्यूएसएन) पोर्टल’- बाट निजी स्कूलहरूमा प्रवेशको प्रक्रिया अझ् बढ़ी स्पष्ट, पारदर्शी औ व्यवस्थित हुनेछ जसबाट बाल-बालिकाहरूलाई सही र निष्पक्ष अवसर प्राप्त हुन सकोस्। उनले भनिन्, हाम्रो सरकारले यस्तो विकसित दिल्ली बनाउनका लागि लगातार काम गरिरहेको छ जहाँ तकनिकको माध्यमबाट हरेक नागरिकलाई श्रेष्ठ र सहज सेवाहरू प्राप्त होस्।
मुख्यमन्त्रीले इण्डियन युवा कंग्रेस कार्यकर्ताहरूद्वारा एआई समिट अवधि गरिएको विरोध प्रदर्शनलाई लज्जास्पद बताइन्। उनले भनिन्, यो देशद्रोही मानसिकता हो। उनले भनिन्, देशमा यस्तो ठूलो कार्यक्रम भइरहेको छ, कंग्रेसले देशलाई कहिल्यै पनि अगाड़ी बढ़ेको देख्न सक्दैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा