
खरसाङ, 21 फरवरी (हि.स.)। खरसाङ खण्डको लङ्भ्यू चियाबारीका श्रमिकहरूको समस्या विषयमा अब चाँडै राज्यको श्रम मन्त्रीको मध्यस्थतामा त्रिपक्षीय बैठक हुने भएको छ। गत 16 फरवरीमा जीटीए प्रमुख कार्यपाल अनित थापाको प्रयासमा लङ्भ्यूको संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरूले राज्यका श्रम मन्त्री मलय घटकसँग भेट गरे। यस क्रममा विगत धेरै वर्षदेखि यहाँका श्रमिकहरूले भोग्दै आएका समस्याहरूबारे अवगत गराउंदै शीघ्र समाधानको निम्ति पहल गरिदिन आग्रह गरे। यसैको फलस्वरूप श्रम मन्त्रीले आगामी चाँडै बगानका मालिक गोबिन गर्गलाई बोलाएर त्रिपक्षीय बैठक गराउने आश्वासन दिएको एक प्रेस भेलामार्फत प्रतिनिधि टोलीका हमिङ तामाङ अनि सचिन थापाले बतिएका छन्।
उनीहरूले उक्त बैठकमा विशेषगरी तीनवटा विकल्पको बारेमा पनि चर्चा भएको जनाए। कलकत्तामा भएको बैठकबारे जानकारी गराउन प्रतिनिधि टोलीले शुक्रवार जीटीए प्रमुख कार्यपाल अनित थापासँग गाडीधुरामा भेट गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / हनोक