
गान्तोक, 21 फरवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले नयॉं दिल्लीमा आयोजित ग्लोबल एआई समिटमा कांग्रेस पार्टीका कार्यकर्ताहरूले गरेको प्रदर्शनको कड़ा निन्दा गरेका छन्। उनले भारतको वैश्विक छविलाई आँच पुर्याउने कांग्रेसका प्रयासहरू अस्वीकार्य रहेको बताएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा भने, 'भारतले नयाँ दिल्लीमा प्रतिष्ठित ग्लोबल एआई समिट आयोजना गर्दै विश्व समुदायसमक्ष आफ्नो नवाचार र प्रविधिगत प्रगतिका तीव्र उपलब्धिहरू प्रस्तुत गरिरहेको यस महत्वपूर्ण घडीमा कांग्रेस पार्टीका गतिविधिहरूको म कडा शब्दमा निन्दा गर्दछु।'
मुख्यमन्त्रीले भने, 'राष्ट्रले आफूलाई वैश्विक प्रविधि नेतृत्वकर्ता राष्ट्रका रूपमा सुदृढ़ बनाउने प्रयास गरिरहेका बेला यस्ता अवरोधहरूले अन्तरराष्ट्रिय ध्यान केन्द्रित भएको संवेदनशील क्षणमा हाम्रो विश्वसनीयतामाथि प्रश्न उठाउने जोखिम सिर्जना गर्छन्।' उनले राजनीतिक विपक्ष लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भए पनि भारतको वैश्विक छविमा आँच पुर्याउने खालका कांग्रेसका प्रयासहरू जिम्मेवार र स्वीकार्य मान्न सकिँदैनन् भनी उल्लेख गरेका छन्।
मुख्यमन्त्री तामाङले जब भारतको प्रगति विश्वमञ्चमा प्रस्तुत भइरहेको बेला राष्ट्रिय हित सधैं दलगत राजनीतिभन्दा माथि हुनुपर्छ भनी आफ्नो विचार साझा गरेका छन्।
उल्लेखनीय छ, राष्ट्रिय राजधानीको भारत मण्डपममा आयोजित ग्लोबल एआई समिटका क्रममा कांग्रेस पार्टीका केही कार्यकर्ताहरू अचानक प्रवेश गरेर सर्तलेस विरोध प्रदर्शन गरेका थिए। यस घटनालाई लिएर देशव्यापी रूपमा कांग्रेस पार्टीको तीव्र आलोचना भइरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल