
डिब्रूगढ़, 21 फरवरी (हि.स.)। डिब्रुगढ़ जिल्लाको मोरान क्षेत्रमा एक गहना व्यापारीमाथि आक्रमण गरी उनको गहना लुटिएको घटना प्रकाशमा आएको छ।
पुलिसले बतायो, हिजो राति कामाख्या ज्वेलर्सका मालिक सुभाशिष कर्मकार आफ्नो पसल बन्द गरेर आफ्ना एक कर्मचारीसँग घर जाँदैथिए। यसैबीच बाटोमा लुटेराहरूको समूहले उनीहरूमाथि आक्रमण गरी पसलबाट बोकेका 7.5 लाख रुपियाँ बराबरका गहना लुटेर भागे।
आक्रमणमा पसल मालिक र कर्मचारी दुवै घाइते भएका छन्। घटनाको जानकारी पाएलगत्तै पुलिस टोली घटनास्थलमा पुगेको छ र गहना व्यवसायीले दिएको उजुरीको आधारमा लुटेराहरूको खोजी गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी