
सोनादा, 21 फरवरी (हि.स.)। रंगबुलमा राज्य सरकारको ‘युवा साथी’ प्रकल्पअन्तर्गत फर्म भर्ने कार्य सम्पन्न भएको छ। उक्त कार्यक्रम डेपुटी चेयरम्यान एवं सभासद राजेस चौहानको पहलमा रंगबुल उच्चत्तर माध्यमिक विद्यालय भवनमा आयोजना गरियो।
कार्यक्रम रंगबुल तथा धोतरिया ग्राम पञ्चायत क्षेत्रका युवा–युवतीहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो। कार्यक्रममा ठूलो सङ्ख्यामा स्थानीय युवाहरूको सहभागिता देखियो। सम्बन्धित अधिकारीहरूले फर्म भर्ने प्रक्रिया, आवश्यक कागजात तथा प्रकल्पसम्बन्धी अन्य जानकारी प्रदान गर्नुका साथै उपस्थित युवाहरूलाई प्रत्यक्ष सहयोग समेत उपलब्ध गराएका थिए।
आयोजक पक्षले ‘युवा साथी’ प्रकल्पमार्फत क्षेत्रका बेरोजगार युवाहरूलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। फारम भर्न आएका युवा–युवतीहरूले डेपुटी चेयरम्यान एवं सभासद राजेस चौहान, सुखेपोखरी खण्ड विकास अधिकारी, जिल्ला प्रशासन तथा स्थानीय ग्राम पञ्चायतप्रति कृतज्ञता प्रकट गरेका छन्।
यसअघि फारम भर्नका लागि जोरबंगलो–सुखेपोखरी खण्ड कार्यालय पुग्नु पर्ने व्यवस्था रहेकामा स्थानीयको समस्या बुझ्दै डेपुटी चेयरम्यान राजेस चौहानको पहलमा स्थानीय तहमै शिविर आयोजना गरिएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक