अन्तरराष्ट्रिय मातृभाषा दिवसमा ममता ब्यानर्जीको सन्देश, सबै भाषाहरूलाई समान सम्मान दिने संकल्प
अन्तरराष्ट्रिय मातृभाषा दिवसमा ममता ब्यानर्जीको सन्देश, सबै भाषाहरूलाई समान सम्मान दिने संकल्प


कोलकाता, 21 फरवरी (हि.स.)। अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शनिवार सोशल मीडिया मञ्च एक्समा एक भावनात्मक सन्देश साझा गरिन्। उनले संसारभरिका सबै भाषाका मानिसहरूलाई सम्मान अर्पण गर्दै सबै भाषा-शहीद तथा भाषा आन्दोलनकारीहरूलाई श्रद्धाञ्जली दिइन्।

ममता ब्यानर्जीले आफ्नो सन्देशमा भनिन्, उनले रवीन्द्रनाथ, नजरुल, सुकान्त र जीवनानन्दको बंगला भाषालाई मात्र नभएर दुनियाँकै हरेक भाषालाई समान रूपमा सम्मान गर्दछन्। उनले यसलाई गर्वको कुरा बताउँदै भनिन्, उनको कार्यकालमा हिन्दी, सन्थाली, कुरुख, कुड़माली, नेपाली, उर्दू, राजवंशी, कामतापुरी, पञ्जाबी औ तेलुगु जस्ता भाषाहरूलाई सरकारी मान्यता दिइएको छ। साथै सादरी भाषाको विकासको लागि पनि प्रयास गरिएको छ।

मुख्यमन्त्रीले बताइन्, हिन्दी अकादमी, राजवंशी भाषा अकादमी, कामतापुरी भाषा अकादमी औ सन्थाली अकादमीको स्थापना गरिएको छ। उनले यो पनि सुनिश्चित गर्ने कुरा गरिन् कि राज्यको प्रत्येक भाषाभाषी व्यक्तिले आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्न सक्नेछन्।

आफ्नो सन्देशको अन्तमा ममता ब्यानर्जीले फेरि एकपटक संकल्प दोहोऱ्याइन्, कुनै पनि भाषामाथि यदि प्रहार हुन्छ भने सबै मिलेर त्यसविरूद्ध जाइलाग्नुपर्छ। उनले बल दिएर भनिन्, सबै भाषाहरू समान रूपमा सम्माननीय छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande