
इम्फाल, 21 फरवरी (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले वन विभागसित संयुक्त अभियान चलाएर बितेको 24 घण्टाभित्रमा 30 एकड़ अवैध अफिम (पपी)- को खेतीलाई नष्ट गरिदिए। यो कारबाही कार्यपालक दण्डाधिकारीको उपस्थितिमा गरिएको हो।
पुलिस प्रवक्ताले शनिवार बताए, पहिलो अभियानमा चुराचाँदपुर जिल्लाको हेंगलेप थाना अधिनस्थ मोंगकेन क्षेत्रमा 20 एकड़ अफिमको अवैध खेतीलाई नष्ट गरिो। यो कारबाही राज्यमा मादक पदार्थहरूको अवैध खेतीविरूद्ध संचालित अभियान अन्तर्गत गरिएको हो।
एक अन्य अभियानमा सेनापति जिल्लाको माओ थाना क्षेत्रस्थित कांगजंग हिल रेञ्जमा 10 एकड़ अफिमको खेतीलाई नष्ट गरियो। यस अवधि खेतमा रहेका अस्थायी तीन वटा झोपड़ीहरूलाई पनि ध्वस्त बनाइयो।
अधिकारीहरूले बताए, यो कारबाही कानूनी प्रक्रियाको पालन गर्दै अवैध मादक फसलहरूमाथि रोक लगाउने उद्देश्यले गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा