हेलमेट चोरेको आरोपमा तीन पक्राउ
हेलमेट चोरेको आरोपमा तीन पक्राउ


गुवाहाटी, 21 फरवरी (हि.स.)। गुवाहाटीको दिसपुर पुलिसले हेलमेट चोरेको आरोपमा तीन जना चोरलाई पक्राउ गरेको छ। पुलिसले शनिवार बतायो, पुलिस थाना क्षेत्रको छयमाइल क्षेत्रमा पार्किङ गरिएका स्कुटी र बाइकबाट हेलमेट चोरेको आरोपमा तीन जना चोरलाई पक्राउ गरिएको छ।

पक्रा परेका चोरहरूको पहिचान जयनगरको अमित दास (21), छयमाइलको बहादुर छेत्री (50) र नरकासुर हिल टपको समिनुल रहमान (18) को रूपमा गरिएको छ। यस सम्बन्धमा पुलिसले एफआईआर दर्ता गरेको छ र पक्रा परेका तीन जना चोरहरूसँग गहन सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande