
इम्फाल, 21 फरवरी (हि.स.)। मणिपुर पुलिसले बितेको 24 घण्टाभित्रमा भिन्न अभियानहरू संचालन गरी तीनजना मानिसहरूलाई पक्राउ गरी उनीहरूको कब्जाबाट प्रचुर मात्रामा मादक पदार्ष वाहन तथा अन्य वस्तुहरू जफत गरेको छ।
पुलिस प्रवक्ताले शनिवार बताए, पहिलो अभियानमा इम्फाल पूर्व जिल्लाको हेंगाग थाना अन्तर्गत खुमिदोक मस्जिद मानिंग निवासी मोहम्मद वारिश खान (28)-लाई प्रतिबन्धित डब्ल्यूवाई ट्याबलेटसितै पक्राउ गरियो भने उसको कब्जाबाट एउटा कालो रंगको तीन चक्के अटो (एएस-01एनसी-0846) तथा 550 ग्राम वजन भएको डब्ल्यूवाई ट्याबलेट जफत गरियो।
यसरी नै सुरक्षा बलहरूले सेनापति जिल्लाको सेनापति थाना अन्तर्गत टी. खुल्लेन नाका चेक पोइन्टमा एउटा चार चक्के वाहनलाई रोकेर जाँच गरे। यस अवधि काकचिंग जिल्लाको इरोंग चेसाबा मयाई लिकाई निवासी रहिश खान (22) र मुस्तकिम अहमद (23)-लाई प्रतिबन्धित मादक पदार्थसितै पक्राउ गरियो। यी आरोपीहरूको कब्जाबाट 48 वटा साबुनदानीमा लुकाएर राखिएको 660 ग्राम ब्राउन शुगर, एउटा हुण्डई आई-20 कार (एएस-01एपी-0631), दुई वटा मोबाइल फोन तथा दुई वटा आधार कार्ड जफत गरियो।
पुलिस अनुसार दुवै मामिलामा अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा