
कोलकाता, 21 फरवरी (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)- बीच विभिन्न क्षेत्रहरूबाट अशान्ति तथा तोड़फोड़का सिकायतहरू आइरहेका कारण केन्द्र सरकारले कानून-व्यवस्थालाई लिएर कुनै जोखिम नलिने फसेला गरेको छ। यसै अन्तर्गत मतदानको मिति घोषणा हुन अगावै केन्द्रिय बलहरूलाई तैनाथ गर्ने निर्णय लिइएको छ।
शनिवार गृह मन्त्रालयद्वारा जारी निर्देश अनुसार आगामी मार्च महिनामा पश्चिम बंगालमा 480 कम्पनी केन्द्रिय बलहरूलाई तैनाथ गरिनेछ। केन्द्रिय बलहरूलाई दुई चरणमा तैनाथ गरिनेछ। पहिलो चरणमा आगामी एक मार्चमा 240 कम्पनी अनि 240 कम्पनीलाई आगामी 10 मार्चमा तैनाथ गरिनेछ।
स्मरण गराइन्छ, गए शुक्रवार एसआईआरसित सम्बन्धित मामिलाहरूमा उच्चतम न्यायालयले स्पष्ट निर्देश दिएको थियो, आगामी 28 फरवरीसम्ममा अन्तिम मतदाता सूची प्रकाशित गरियोस्। यदि कुनै कारणवश पूरा सूची तयार भएको छैन भने पूरक सूची प्रकाशित गर्ने अनुमति पनि दिइएको छ। यो आदेश आएको मात्र 24 घण्टापछि केन्द्रिय बलहरूलाई तैनाथ गर्ने घोषणालाई राजनीतिक विश्लेषकहरूले महत्वपूर्ण मानिरहेका छन्।
सूत्र अनुसार चुनाउ आयोगले यी बलहरूको उपयोग संवेदनशील क्षेत्रहरूमा निगरानी, मानिसहरूको मनबाट डर हटाउन तथा शान्ति व्यवस्था काम राख्नको लागि गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा