
कानपुर, 21 फरवरी (हि.स.)। उत्तर प्रदेशको कानपुर जिल्लाको किदवई नगर थाना क्षेत्र अन्तर्गत संजय नगरमा रहेको पार्क नजिकैको नालीमा एक युवकको शव फेला परेको छ। पुलिसले स्थानीय बासिन्दाको सहयोगमा शवको पहिचान गरी परिवारलाई जानकारी गरायो।
डीसीपी दक्षिण दीपेन्द्र नाथ चौधरीले शनिवार बताए, पार्क नजिकैको नालीमा एक पुरुषको शव फेला परेको पुलिसले जानकारी पाएको थियो। पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लियो। मृतकको पहिचान नौबस्ता थाना क्षेत्रको ए ब्लक निवासी विश्वनाथ सिंह (30) को रूपमा गरिएको छ। परिवारका सदस्यहरूले विश्वनाथ विवाह समारोहमा भाग लिन संजय नगर आएको बताए।
घटनास्थलमा उपस्थित जन्तीहरूले पनि युवकले अत्यधिक मादक पदार्थ सेवन गरेको र समारोहको क्रममा धेरै पटक भुइँमा लड़ेको बताए। प्रथम दृष्टया मादक पदार्थ सेवन गरेको अवस्थामा लड़ेर दुर्घटनावश मृत्यु भएको देखाएको छ, यद्यपि हरेक पक्षको अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी