
घाटाल, 21 फरवरी (हि.स.)। पश्चिम बंगालको घाटाल शहरमा गए शुक्रवार राती कुशपाता पेट्रोल पम्प निकट भएको एक सड़क दुर्घटनामा 20 वर्षीय युवकको मृत्यु भयो भने एकजना महिला गम्भीर रूपमा घाइते भई। मृतकको पहिचान राकेश माइती (दासपुर, बेलियाघाटा)- को रूपमा भएको छ।
पुलिस तथा स्थानीय सूत्र अनुसार दुर्घटना त्यसबेला भयो जतिबेला एकजना बाइक चालकले अनियन्त्रित भएर एउटा स्कुटीलाई ठक्कर दियो। स्थानीय मानिसहरूले दुवै मोटरसाइकल चालकहरूलाई घाइते अवस्थामा घाटाल सुपर स्पेशलिटी अस्पतालमा पुऱ्याए, तर चिकित्सकहरूले तीमध्ये राकेशलाई मृत घोषित गरिदिए। दुर्घटनामा घाइते महिलाको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ जसको अस्पतालमा उपचार भइरहेको छ।
पुलिसले मामिला दर्ता गरी दुर्घटनाको जाँच शुरू गरेको छ। स्थानीय मानिसहरूको भनाइ छ, मोटरसाइकलहरूको द्रूत गतिको कारणले यस मार्गमा प्रतिदिन दुर्घटना भइरहेको छ। उनीहरूले प्रशासनसित आग्रह गरे, कुशपाता पेट्रोल पम्प छेउमा अतिरिक्त स्पीड ब्रेकर लगाइयोस्। पुलिसले आश्वासन दिएको छ, यस दिशामा अग्रिम कारबाही गर्नको लागि आवश्यक कदम उठाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा