गोपीबल्लभपुरमा बालुवाको वाहनको ठक्करमा वृद्धको मृत्यु
गोपीबल्लभपुरमा बालुवाको वाहनको ठक्करमा वृद्धको मृत्यु


झाड़ग्राम, 21 फरवरी (हि.स.)। झाड़ग्राम जिल्लाको गोपीबल्लभपुर एक नम्बर ब्लकस्थित नयाबासनमा गए शुक्रवार साँझ भएको एक सड़क दुर्घटनामा एकजना वृद्धको मृत्यु भयो। मृतकको पहिचान मधुसूदन राउतको रूपमा भएको छ जो नबाबासन गाउँका निवासी थिए।

स्थानीय पुलिस अनुसार वृद्धले सड़क पार गरिरहेका थिए अचानक हाथिबाड़ी चौकमा बालुवा लादिएको वाहनले उनलाई ठक्कर दियो जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो।

यस घटनापछि क्षेत्रमा भारी आक्रोश फैलियो। स्थानीय मानिसहरूले उत्तेजित भएर गोपीबल्लभपुर-हाथीबाड़ी गुस्से में आकर गोपीबल्लभपुर–हाथिबाड़ी सड़कलाई अवरुद्ध गरेर विरोध प्रदर्शन गर्न थाले। यसले गर्दा राज्य सड़कमा यातायात पूर्ण रूपले बाधित भयो। स्थानीय सूत्रानुसार दुर्घटना हुँदा खाली बाहुलाको वाहन हाथिबाड़ी तर्फ बालुवा लोड गर्न गइरहेको थियो। पुलिसले घटनाको सूचना पाएर घटनास्थलमा पुगी स्थितिलाई नियन्त्रण गऱ्यो।

जनसाधारणहरूको भनाइ छ, बालुवाका वाहनहरूको द्रूत गति र लापरवाही दिन-प्रतिदिन बढ़्दै गइरहेको छ। यसको लागि कुनै निर्धारित समय-सीमा छैन। यस्तै लापरवाहीको कारणले बारम्बार दुर्घटनाहरू भइरहेका छन्। स्थानीयहरूले प्रशासनसित तत्काल कारबाही तथा सहयोग गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande