
मेदिनीपुर, 21 फरवरी (हि.स.)। पश्चिम मेदिनीपुरको खीरपाई नगरपालिका क्षेत्रमा सरकारी जमीनमाथि अवैध कब्जाको मामिला झन् बढ़्दै गइरहेको छ। कोठियाखाल क्षेत्रमा राज्य सड़क किनारमा अवस्थित सरकारी भूमिलाई कथित रूपमा एक निर्माण व्यवसायीले चारैतिर पर्खाल उठाएर घेरेको छ।
स्थानीय स-साना व्यापारी तथा आम मानिसहरूमा प्रशासनविरूद्ध गहिरो रोष व्याप्त भएको छ। विरोधस्वरूप लघु व्यवसायी समितिले विभिन्न स्थानहरूमा पोस्टर टाँसेर नगरपालिका प्रशासनमाथि गम्भीर आरोप लगाएका छन्। पोस्टरहरूमा प्रश्न उठाइएको छ, सरकारी जमीनमा यो अवैध कब्जा कसको संरक्षणमा भइरहेको छ र यसको लागि कति रुपियाँको लेनदेन भयो?
मुख्यमन्त्री ममता ब्यानर्जीले पहिला नै स्पष्ट निर्देश दिएकी थिइन्, कुनै पनि स्थितिमा सरकारी जमीनमा अवैध कब्जालाई सहन गरिनेछैन। तथापि स्थानीय प्रशासनको कथित मिलोमतोको कारणले मुख्यमन्त्रीको निर्देशलाई किनाराकृत गरिँदैछ।
यस मामिलामा भाजपाका खीरपाई मण्डल महासचिव कार्तिक सरेनले चर्को प्रतिक्रिया व्यक्त गरे। उनले आरोप लगाए, खीरपाई नगरपालिकाका सड़कहरू पहिलाबाटै निर्माम सामग्रीको अवैध कब्जासित जुझिरहेका छन् भने अब सरकारी भूमिलाई घेरेर आफ्नो बनाएको छ। उनले सोझै रूपमा नगरपालिकाका चेयरम्यान तथा भाइस चेयरम्यानमाथि सरकारी जमीन बेचेेको आरोप समेत लगाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा