नवादामा साथीको तिलकमा गइरहेका तीन जना युवकहरूको दुर्घटनामा मृत्यु
नवादामा साथीको तिलकमा गइरहेका तीन जना युवकहरूको दुर्घटनामा मृत्यु


नवादा, 22 फ़रवरी (हि.स.)। बिहारमा नवादा जिल्लाको सीतामढ़ी थाना क्षेत्रमा गए शनिवार अबेर राति एक सड़क दुर्घटनाले तीनजना युवकहरूको ज्यान लियो। गया जिल्लाको अतरी थाना अन्तर्गत रिवला गाउँका यी तीन जना युवकहरू आफ्नो साथीको तिलक समारोहमा सामेल हुनका लागि नवादाको अकबरपुर गइरहेका थिए अचानक उनीहरूको बाइक अनियन्त्रित भएर सड़क किनारमा बिजुलीको खम्बासित ठोक्कियो जसले गर्दा तीनै जना युवकहरूको घटनास्थलमै मृत्यु भयो।

पुलिस मुताविक युवकहरू द्रूत गतिको बाइकमा सवार थिए। नवादा जिल्लाको सीतामढ़ी थेनको कटघारा गाउँ, तरवा आहर निकट एउटा मोड़मा बाइक असन्तुलित भयो। यस भयानक ठक्करमा बाइक पूर्ण रूपले क्षतिग्रस्त भयो भने तीन जना युवकहरूको घटनास्थलमै मृत्यु भयो। प्रत्यक्षदर्शीहरूले बताए, द्रूत गतिको कारण बाइकमाथि नियन्त्रण गुमाएको थियो।

मृतकहरूको पहिचान प्रताप कुमार उपनाम विकास कुमार (पिता- विजय चौधरी), इन्द्रन मांझी (पिता- राजेश माँझी) औ सोनु कुमार उपनाम भोला चौधरी (पिता- सुनिल चौधरी)-को रूपमा भएको छ भने सबै युवकहरू गया जिल्लाको अतरी थाना अन्तर्गत रिवला गाउँका बासिन्दा थिए जसको उमेर लगभग 20-23बीच रहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande