सोनीपतः पुलिस एएसआईले सर्भिस रिवल्वरले आत्महत्या गरे
सोनीपतः पुलिस एएसआईले सर्भिस रिवल्वरले आत्महत्या गरे


सोनीपत, 22 फरवरी (हि.स.)। सोनीपत पुलिस लाइनमा तैनाथ एकजना सहायक उपनिरीक्षकले आफ्नो सर्भिर रिवल्वरले आफैमाथि गोली दागेर आत्महत्या गरे। घटना गए शनिवार राती भएको हो। गोली कनपटीदेखि खोपड़ी बाहिर निक्लियो जसले गर्दा तिनको अत्यधिक रक्त श्राव भएको कारण मृत्यु भयो। सूचना पाउनसाथ आइतवार घटनास्थलमा पुगेको पुलिसले हतियारलाई कब्जामा लिएर जाँच शुरू गरेको छ।

जानकारी अनुसार गाउं सिटावली निवासी एएसआई जसबीर सिंह पछिल्लो दुई वर्षदेखिको सोनीपत पुलिस लाइनमा तैनाथ थिए जसले हाल यातायात शाखामा ड्यूटी गरिरहेका थिए। घटना घट्दा तिनी पुलिस लाइनस्थित सरकारी क्वार्टरमा पत्नीसित उपस्थित थिए। तिनी ड्यूटीबाट आएपछि पत्नी किचनमा खाना पकाइरहेकी थिई, अचानक गोली चलेको आवाज आयो। पत्नी कोठामा पुग्दा रगताम्मे भएर तिनी भुइँमा लड़ेका थिए। कनपटीमा गोली लागेको थियो। पत्नीले चुन्नीले बाँधेर रगतलाई रोक्ने प्रयास गरिन्, तर त्यसबेलासम्ममा धेरै ढिलो भइसकेको थियो।

सूचना पाउनसाथ पुलिस टीम घटनास्थलमा पुग्यो। घटनास्थलको जाँचको लागि फोरेन्सिक दललाई बोलाइयो। घटनास्थलमा कुनै सुसाइड नोट भेटिएन। अधिकारीहरू अनुसार पत्नीको बयान र मोबाइल कल विवरणको आधारमा मामिलाको जाँच गरिँदैछ। आत्महत्याको कारण अहिले पत्तो लागेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande