
- डा. सञ्जु बरुवा एवं शंकरज्योति बरुवा प्रदेश भाजपाको मीडिया प्यानलिस्टमा सामेल
गुवाहाटी, 22 फरवरी (हि.स.)। असम प्रदेश भारतीय जनता पार्टी (भाजपा)- को सदस्यता ग्रहण गर्ने केही वरिष्ठ नेताहरूलाई पार्टीले महत्वपूर्ण पदहरूमा नियुक्त गरेको छ। भाजपा प्रदेश अध्यक्ष दिलीप सौकियाले आइतवार आधिकारिक रूपमा तीनजना नेताहरूलाई सांगठनिक नियुक्ति प्रदान गरेका छन्।
असम प्रदेश भाजपा मुख्यालयबाट जारी पार्टीका प्रदेश महासचिव दिप्लु रञ्जन शर्माद्वारा हस्ताक्षरित पत्रमा बताइएको छ, कंग्रेसका पूर्व प्रदेश अध्यक्ष भूपेन बोरालाई प्रदेश कार्यकारिणीको सदस्य नियुक्त गरिएको छ।
यसरी नै युवा कंग्रेसका प्रदेश महासचिव रहेका डा. सञ्जु बरुवालाई भाजपामा सामेल हुनसाथ पार्टीले मीडिया प्यानलिस्टको सूचीमा सामेल गरेको छ भने अर्का प्रमुख नेता शंकरज्योति बरुवालाई पनि पार्टीले मीडिया प्यानलिस्टको सूचीमा सामेल गरेको छ।
उल्लेखनीय छ, उपरोक्त नेताहरू आज नै प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाको उपस्थितिमा भाजपाको सदस्यता ग्रहण गरेका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा