
गुवाहाटी, 22 फरवरी (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज असमका दुई प्रसिद्ध हस्तिहरूलाई उनीहरूको पुण्यतिथिमा स्मरण गर्दै आफ्नो श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले प्रसिद्ध चित्रकार आद्य शर्मालाई उनको पुण्यतिथिमा आफ्नो गहिरो श्रद्घाञ्जली अर्पण गरेका छन्। उनले सोशल मीडियाको माध्यमबाट प्रेषित एक सन्देशमा भनेका छन् 'विष्णु राभा पुरस्कार', 'नलबारी रत्न' आदि विभिन्न सम्मानहरूद्वारा सम्मानित यस 'जीवन कलाकार'-ले चित्रकलाको संसारमा मात्र नभएर भ्रम्यमान थिएटरमा पनि कला-निर्देशकको रूपमा आफ्नो असाधारण प्रतिभाको परिचय दिए।
नलबारीका मानिसहरूमाझ 'गुरुजी'- को नामले प्रसिद्ध उनको जीवनदर्शन, अनुशासन औ कलाकारको रूपमा उनको सत्यताले सदैव भावी पिँढ़ीहरूलाई प्रेरित गरिरहनेछ।
यसै क्रममा मुख्यमन्त्रीले असमिया काव्य साहित्यका प्रातःस्मरणीय कवि बिनन्द चन्द्र बरुवालाई उनको पुण्यतिथिमा श्रद्धापूर्वक स्मरण गरे। आफ्नो सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, देशभक्तिबाट प्रेरित उनका कविताहरू असमको गौरवशाली परम्परा एवं राष्ट्रिय चेतनाको प्रबल गुञ्ज हो। साहित्य बाहेक शैक्षिक क्षेत्रा पनि प्रेरणा दिने आवाज, कविको सृजनशीलताले हाम्रो राष्ट्रिय जीवनलाई सदैव प्रोत्साहित गरिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा