तलाउबाट युकको शव उद्धार
तलाउबाट युकको शव उद्धार


दरंग (असम), 22 फरवरी (हि.स.)। दरंग जिल्लाको सिलापथार क्षेत्रमा एउटा पोखरीबाट एकजना युवकको शव उद्धार गरियो। यस घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो।

पुलिसले आइतवार बतायो, सिलापथार क्षेत्रमा युवकको शव देखिएको जानकारी पाउनसाथ घटनास्थलमा पुगेर पुलिसको टीमले शवलाई आफ्नो कब्जामा लियो। मृतकको पहिचान एक नम्बर शिलगाउंँ निवासी जयन्त देवनाथ (28)-को रूपमा गरिएको छ।

सिलापथार पुलिस थाना अन्तर्गत बालीगाउँमा अवस्थित एउटा तलाउबाट युवको शव उद्धारर गरियो। स्थानीय मानिसहरूले युवकको हत्या गरिएको आरोप लगाएका छन्। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले घटनाको सिलसिलामा एक प्राथमिकी दर्ता गरी जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande