
आसनसोल, 22 फरवरी (हि. स.)। आसनसोल उत्तर विधानसभाको 48 नम्बर बूथमा आइपुगेका राजस्थानको खण्डार विधायक साथै आसनसोलका चुनाउ प्रभारी जितेन्द्र गोठवालले पश्चिम बंगालको स्थितिको तुलना बंगलादेशसित गर्दै राज्यको कानून-व्यवस्था तथा प्रशासनमाथि प्रश्न उठाए। उनले आरोप लगाए, राज्यमा भय तथा भेदभावपूर्ण माहोल छ र आम मानिसहरू वर्तमान सरकारदेखि असन्तुष्ट छन्।
आइतवार प्रधानमन्त्री नरेन्द्र मोदीको “मन की बात” कार्यक्रम अवधि जितेन्द्र गोठवाल 48 नम्बर बूथस्थित बूथ अध्यक्षको आवासबाट पार्टी नेता एवं कार्यकर्ताहरूसित कार्यक्रममा जोड़िए। त्यसपछि उनले क्षेत्रमा जनसम्पर्क अभियान संचालन गरे अनि स्थानीय मानिसहरूसित सम्वाद गरे।
जनसम्पर्क अभियान अवधि उनले क्षेत्रमा व्याप्त फोहोरको समस्याको उल्लेख गरे। उनको भनाइ थियो, केही स्थानहरूमा सफाई व्यवस्था सन्तोषजनक छैन। बातचित अवधि केही स्थानीय मानिसहरूले आफ्नो समस्याहरू लुखेर राखे भने केही मानिसहरूमा भय अनि संकोच देखियो।
विधायक गोठवालले दाबी गरे, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह तथा पार्टी नेतृत्वको मार्गदर्शनमा भाजपा पश्चिम बंगालमा सरकार बनाउनको लागि प्रतिबद्ध छ। उनले भने, पार्टी संगठनलाई सुदृढ़ बनाउन तथा कार्यकर्ताहरूलाई नयाँ ऊर्जा सञ्चार गर्ने उद्देश्यले उनलाई आसनसोलको प्रभारी बनाइएको हो। उनले विश्वास व्यक्त गरे, आगामी चुनाउमा भाजपाले उत्कृष्ट प्रदर्शन गर्नेछ।
उल्लेखनीय छ, जितेन्द्र गोठवाल राजस्थानको खण्डारबाट विधायक हुन भने उनले पार्टी संगठनमा विभिन्न जिम्मेवारीहरू निर्वाह गरिसकेका छन्।
यस कार्यक्रममा भाजपाका राज्य स्तरीय नेता कृष्णेन्दु मुख़र्जी, मण्डल अध्यक्ष अमिता साव, बूथ अध्यक्ष सुजित घोष सहित अन्य उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा