
गुवाहाटी, 22 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले घोषणा गरे, भारतीय जनता पार्टी (भाजपा)-ले आगामी 28 फरवरीदेखि राज्यभरि नै ‘जन आशीर्वाद यात्रा’ शुरु गर्नेछ। उनले यो पनि स्पष्ट पारे, राज्यभाका तीनै वटा सीटमा भाजपाले प्रतिद्वन्द्विता गर्नेछ।
राज्य भाजपा मुख्यालयमा पार्टीको चुनाउ प्रबन्धन समितिको कोर बैठक पश्चात मीडियासिता कुराकानी गर्दै मुख्यमन्त्रीले भने, दुई सीटमा भाजपाले सोझै चुनाउ लड़्नेछ भने तेस्रो सीटको लागि विपक्षको रणनीतिमाथि नर राख्दैद पार्टीले अग्रिम योजना बनाउनेछ।
मुख्यमन्त्रीले पनि बताए, राज्यसभा चुनाउको सन्दर्भमा बीपीएफ दलले कुनै पनि सीटको माग गरेको छैन। बैठकलाई महत्वपूर्ण बताउँद उनले भने, यसमा संगठनात्मक तथा चुनाण रणनीतिसित सम्बन्धित केही महत्वपूर्ण निर्णयहरू लिइएको छ।
डा. सरमाले विश्वास व्यक्त गरे, भाजपाले जन आशीर्वाद यात्राको माध्यमबाट राज्यमा जनसम्पर्कलाई अझ मजबुत बनाउनेछ साथै आगामी रणीतिक गतिविधिहरूको लागि व्यापक समर्थन जुटाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा