चुँचुड़ामा भाइरल भीडियोमाथि विवाद, भाजपा नेताले दर्ता गराए सिकायत
चुँचुड़ामा भाइरल भीडियोमाथि विवाद, भाजपा नेताले दर्ता गराए सिकायत


हुगली, 22 फ़रवरी (हि.स.)। हुगली जिल्लाको चुँचुड़ामा “भाजपा सत्तामा आयो बंगालमा माछा-मासु बन्द हुनेछ” भनी दाबी गरिएको एक भाइरल भीडियोलाई लिएर राजनीतिक विवाद चर्किएको छ। यस मामिलामा भाजपा नेता सप्तर्षि बन्द्योपाध्यायले चुंचुड़ा थानामा औपचारिक सिकायत दर्ता गराएका छन्। उनको आरोप छ, उनको बयानलाई सम्पादन गरेर सोशल मीडियामा गलत अर्थमा प्रचारित गरियो।

भाजपा नेताले आइतवार बिहान हिन्दुस्थान समाचार- लाई बताए, उनले बिहारमा माछा-मासुको बिक्रीसित सम्बन्धित एक गाइडलाइनको सन्दर्भमा सोशल मीडियामा भीडियो अपलोड गरेका थिए, तर त्यस भीडियोलाई एडिट गरेर यो प्रचार गरियो कि भाजपाले बंगालमा माछा-मासुको बिक्रीमा प्रतिबन्ध लगाइरहेको छ। उनले पुलिसलाई ती सोशल मीडिया अकाउन्ट्सको स्क्रीनशट पनि सम्पिएका छन् जसले कथित रूपमा यो भीडियोलाई भाइरल गऱ्यो।

सप्तर्षि बन्द्योपाध्यायले स्पष्ट पाऱ्यो, उनको बयानको आशय खुल्ला स्थानहरूमा माछा-मासु बिक्री हुनाले सम्भावित स्वास्थ्य जोखिमहरूप्रति मानिसहरूलाई जागरूक गराउनु थियो। उनले भने, “खुल्ला ठाउँमा माछा-मासु बेच्नाले केही रोगाणु फैलिनसक्छ र मानिसहरूको स्वास्थ्य बिग्रिनसक्छ। यसै सन्दर्भमा मैले आफ्नो कुरा राखेको थिएँ, कुनै प्रकारको प्रतिबन्धको कुरा होइन।”

उनले आरोप लगाए, तृणममूल कंग्रेसले उनको भीडियोको गलत व्याख्या गरेर जनताबीच दुष्प्रचार गऱ्यो। भाजपा नेताले यो पनि भने, तृणमूल कंग्रेसले आफ्नो राजनीतिक धरातल खोसिँदै गइरहेको महसूस भइरहेको छ। त्यसैले यस्तो भ्रामक राजनीति गरिरहेको छ।

हाल पुलिसले सिकायतको आधारमा मामिलाको जाँच शुरू गरेको छ। यस विवादको कारणले क्षेत्रको राजनीतिक माहोल अझ् तातिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande