
गुवाहाटी, 22 फरवरी (हि.स.)। असम विधानसभामा नेता प्रतिपक्ष एवं कंग्रेसका वरिष्ठ नेता देबब्रत सैकियाले पूर्व कंग्रेस प्रदेश अध्यक्ष भूपेन कुमार बोरा भारतीय जनता पार्टी (भाजपा)-मा सामेल भएपछि पार्टीलाई परेको प्रभावलाई खारेज गर्दै भने, यसबाट पार्टीलाई कुनै खतरा छन। ज्ञात रहोस्, भूपेन बोरा आइतवार भाजपामा औपचारिक रूपमा सामेल भए।
देबब्रत सैकियाले भने, यसबाट कुनै नोक्सान भएको छैन किनभने उनको चुनाउ क्षेत्रका नेता तथा कार्यकर्ताहरू जहाँबाट उनले पछिल्लो तीन वर्षदेखिको चुनाउ लड़्ने तयारी गरिरहेका थिए,- ले उनीसितै जाने फसेला गरेनन्। उनी अनुसार स्थानीय पार्टी सदस्यहरूले आफ्नो नीति स्पष्ट पारेका छन्,, यदि उनी गए पनि हामी कंग्रेसमै रहनेछौं, त्यसैले हामीलाई कुनै नोक्सान हुनेछैन।
वरिष्ठ कंग्रेस नेताले भने, पार्टीको फोकस आफ्नो धरातलीय नेटवर्कलाई बलियो बनाउनु अनि मानिसहरूलाई ती मानिसहरूको बारेमा जागरूक गराउनेमाथि छ जसले अन्याय गरिरहेका छन् र संविधान विरोधी काम गरिरहेका छन्।
ज्ञात रहोस्, भूपेन बोरा आगामी असम विधानसभा चुनाउपूर्व भाजपाका प्रदेश अध्यक्ष दिलीप सैकिया औ सांसद बैजयन्त पाण्डाको उपस्थितिमा भाजपामा औपचारिक रूपमा सामेल भए। यो कदम मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको गत 17 फरवरीको घोषणापछि उठाइएको हो जतिबेला बोराले कंग्रेस छोड़ेका थिए।
आफ्नो 32 वर्षको कार्यकालमाथि कुरा गर्दै भूपेन बोराले पहिला ठूलो परिवर्तनको श्रेय आफैलाई दिएका थिए जसमा 2021-को असम प्रदेश कंग्रेस पार्टी (एपीसीसी) अध्यक्ष बनेपछि कंग्रेस-एआईयूडीएफ गठबन्धन समाप्त गरेको अनि पछि आईएनडीआईए ब्लकपूर्व 16 वटा पार्टीहरूसित सम्बन्ध स्थापित गरेको सामेल थियो।
उनले भने, मैले कंग्रेस पार्टीलाई 32 वर्ष दिएँ। कंग्रेसले मलाई विधायकदेखि एपीसीसी अध्यक्ष बनायो जसबेला म वर्ष 2021-मा अध्यक्ष हुँदा कंग्रेसको एआईयूडीएफसित गठबन्धन थियो। मैले गठबन्धनलाई भंगं गरिदिे। त्यसपछि आईएनडीआईए अलायन्स बन्नअघि मैले 16 वटा पार्टीहरूसित गठबन्धन गरे।
बोराले आन्तरिक विवादको उल्लेख गर्दै दाबी गरे, गौरव गोगोईले उनलाई सबै सामु बेइज्जत गरे अनि राहुल गान्धीले पनि उनको सिकायतलाई बेवास्ता गरिदिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा