
नयाँ दिल्ली, 22 फरवरी (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार कोलकाताको कालीघाट मन्दिरमा पुगेर माँ कालीको श्रीचरणमा नतमस्तक बन्दै आशीर्वाद ग्रहण गरिन्।
मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म एक्समा भनिन्, माँ काली बंगालको चेतना, संस्कृति एवं आत्मबलको अधिष्ठात्री हु्न्। उनी आराधनाको केन्द्र मात्र नभेर संघर्षमा साहस, विपत्तीमा धैर्य तथा हरेक नयाँ शुरूआतमा विश्वासकी शक्ति पनि हुन्। उनले भनिन्, कालीघाटमा “जय माँ काली”- को स्वरमा बंगालको अटुट भक्ति र आत्मगौरवको स्पन्दन महसूस हुन्छ।
मुख्यमन्त्रीले भनिन्, माँ कालीको कृपा समस्तजनमा रहिरहोस्। उनले माँ कालीसित सबैलाई शक्ति, शान्ति, समृद्धि औ धर्ममार्गमा अडिग रहने आशीर्वादन प्रदान गरून् भनी प्रार्थना समेत गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा