मार्केट कम्प्लेक्समा भयानक आगलागी, मानवीय क्षति भएको छैन
मार्केट कम्प्लेक्समा भयानक आगलागी, मानवीय क्षति भएको छैन


सिलगढ़ी, 22 फरवरी (हि.स.)। शहरको महावीर स्थानस्थित एक बहुतले मार्केट कम्प्लेक्समा आइतवार अपरान्ह अचानक आगो लाग्यो। आइतवार भएको कारणले अधिकांश दोकानहरू बन्द थिए जसले गर्दा ठूलो दुर्घटना हुनदेखि बच्यो।

प्रारम्भिक जानकारी अनुसार शर्ट सर्किटको कारणले आगो लागेको थियो जुन बिजुलीको मीटर भएको भागमा फैलियो। आगलागीको सूचना पाएर दमकलका तीन वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। घटनाको खबर फैलिनसाथ मार्केट कम्प्लेक्समा उपस्थित मानिसहरू बाहिरिए। सिलगढ़ी थानाको पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। साँघुरो गल्ली भएको कारणले दमकलका वाहनहरूलाई भित्र पुग्न धेरै कठिन पऱ्यो। दमकलकर्मीहरूलाई पहिला देशबन्दु चित्तरञ्जन दास फ्लाइओभरमा चढ़ेर आगो निभाउने काम शुरू गर्नुपऱ्यो, पछि थप दुई वटा इञ्जीन घटनास्थलमा आइपुगे।

सूत्र मुताविक बिल्डिंगमा अग्निशमनको पर्याप्त व्यवस्था थिएन जसबाट आगोलाई नियन्त्रण गर्न समय लाग्यो। दमकल विभागले बिल्डिंग प्रबन्धनलाई बोलाएको छ।

स्थानीय मानिसहरूको मान्यता छ, यदि यो घटना कुनै व्यस्त कार्यदिवसमा भएको भए ठूलो दुर्घटना हुनसक्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande