
गान्तोक, 22 फरवरी (हि.स.)। सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग लोकभवनमा शिष्टाचार भेट गरे। उक्त जानकारी लोक भवनले प्रेस विज्ञप्तिमा दिएको छ।
लोकभवनका अनुसार, सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादले राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरे। यस अवसरमा पूर्व राज्यपालले आफ्नो कार्यकाल र अनुभवहरूसंग सम्बन्धित स्मृतिहरू साझा गरे। राज्यपालले पूर्व राज्यपालको उत्तम स्वास्थ्य र दीर्घायुको शुभकामना दिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल