
भुवनेश्वर, 22 फरवरी (हि.स.)। भुवनेश्वरको सत्संग विहार क्षेत्रस्थित सरकारी क्वार्टरमा एकजना महिलासित यौन उत्पीड़न गरेको आरोप एक जना भारतीय राजस्व सेवा अधिकारीमाथि लागेको छ। सिकायतमा बताइएको छ, कथित घटनाको भीडियो रेर्ड गरियो अनि आरोपीले यसलाई सार्वजनिक गर्ने धम्की दिए। सिकायत पाएपछि साहिद नगर पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। महिलाको मेडिकल परीक्षण पश्चात बयान दर्ता गरियो भने पुलिसले आरोपी अधिकारीको क्वार्टरको निरीक्षण गऱ्यो। मामिलाको रिपोर्टिंग अवधिसम्म आरोपी अधिकारीसित जाँचबुझ भइरहेको थियो।
प्रारम्भिक जानकारी अनुसार महिला पहिला आरोपीको एक जना नातेदारसित उसको घरमा गएकी थिई, किनभने त्यसबेला उसकी पत्नी अस्वस्थ थिई। पछि कथित रूपमा भारतीय राजस्व सेवा अधिकारीले महिलालाई आफ्नो क्वार्टरमा बोलाएर उसित दुष्कर्म गऱ्यो। आरोप छ, आरोपीले यस घटनाको भीडियो रेकर्ड गऱ्यो अनि यसलाई सार्वजनिक गर्ने धम्की दियो। पुलिसले यस मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा