
सिलगढ़ी, 22 फरवरी (हि.स)। ड्यूटी अवधि सड़क दुर्घटनामा घाइते भएका पुलिस कन्स्टेबलको मृत्यु भएको छ। मृत कन्स्टेबलको नाम अमित उराउँ थियो। घटना गए शनिवार अबेर साँझ दार्जीलिङ मोड़ क्षेत्रमा भएको थियो जतिबेला एउटा सेनाको ट्रकले ड्यूटीमा तनाथ कन्स्टेबल अमित उराउँलाई भयानक ठक्कर दियो। ठक्कर लागेपछि कन्स्टेबल सड़कमा लड़ेर घाइते भए।
घटनास्थलमा उपस्थित अन्य पुलिसकर्मीहरूले तुरून्तै तिनलाई माटीगाड़ास्थित एक निजी अस्पतालमा भर्ती गराए जहाँ अबेर राति तिनको उपचारको क्रममा मृत्यु भयो। घटनाबारे सूचना पाउनसाथ महकुमा पुलिसका अधिकारीहरू घटनास्थलमा पुगे। घटनापछि दुर्घटनामा सामेल सेनाको वाहनलाई जफत गरिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ। पुलिस यो पत्तो लगाउन जुटेको छ कि दुर्घटना लारपहारीको कारण भएको हो वा अन्य कुनै कारणले।
---
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा