
गुवाहाटी, 22 फरवरी (हि.स.)। असमको समाचार जगतका वरिष्ठ पत्रकार धीरेन्द्र नाथ चक्रवर्तीले आज बिहान 7.35 बजी 97 वर्षको आयुमा अन्तिम विश्राम लिए। उनको निधनबाट सम्पूर्ण राज्यमा शोक व्याप्त भएको छ। चक्रवर्ती असमको समाचार माध्यमका एक जना अत्यन्त सम्माननीय व्यक्ति थिए। उनी एकजना पत्रकार मात्र थिएनन् जबकि एक जना दक्ष सम्पादक तथा प्रतिष्ठित लेखक पनि थिए। लामो समयसम्म असमको बौद्धिक समाजको नेतृत्व गर्ने चक्रवर्तीको निधनले समाचार जगतलाई एक अपूरणीय क्षति पुगेको छ।
उनका पत्रकारिता जीवन अत्यन्त प्रेरणादायी थियो। उनलाई एशियाकै सबैभन्दा जेठो सक्रिय सम्पादकको रूपमा चिनिन्छ। सूचना तथा जनसम्पर्क विभागका निर्देशकको रूपमा नोकरीबाट सेवानिवृत्त भएपछि पनि उनी बसेनन्। 1991 सालमा सरकारी नोकरीबाट सेवानिवृत्त भएपछि उनले आज़िर बातरी समाचार पत्रमा सम्पादकको रूपमा सामेल भेर आफ्नो कर्मठ जीवनलाई अघि बढ़ाए। यस अतिरिक्त उनले दैनिक दैनिक असम, दैनिक जनमभूमि अनि अन्तिम समयमा साप्ताहिक प्रागज्योतिष जस्ता प्रतिष्ठित पत्रिकाहरूको सम्पादकको रूपमा कार्य गरेर असमिया समाचार क्षेत्रमा सशक्त योगदान दिए।
असम सरकारले पत्रकारिताको क्षेत्रमा उनको असाधारण योगदानको लागि उनलाई वर्ष 2019-मा प्रतिष्ठित गणतन्त्र दिवस पत्रकारिता पुरस्कारद्वारा सम्मानित गऱ्यो। समाचार सेवा मात्र नभेर विभिन्न सामाजिक तथा साहित्यिक कार्यहरूमा पनि उनी गहिराईपूर्वक जोड़िएका थिए। उनले असम वरिष्ठ नागरिक सम्मेलनका पूर्व अध्यक्षको रूपमा काम गरे अनि कामरूप महानगर जिल्ला साहित्य सबाका संस्थापक अध्यक्षको जिम्मेवारी पनि निभाए। उनको आदर्श अनि योगदान आगामी दिनमा असमका पत्रकारहरूको लागि मार्गदर्शक बनिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा